images
images

सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम नेपाल’मा २० युवती भिड्दै

काठमाडौँ – सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम नेपाल’मा २० युवती भिड्ने भएका छन् । बिभिन्न चरणको अडिसनबाट अन्तिम स्पर्धाका लागि यी युवती छानिएका हुन् । युवतीहरुको आत्मविश्वास, व्यक्तित्व विकास, वतृत्वकलाको विकास गराउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक ग्ल्याम नेपालका अध्यक्ष अशोककुमार तामाङले जानकारी दिए ।

पब्लिकस्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, मोटिभेसन लगायत बिभिन्न  प्रशिक्षण सहित प्रतियोगी अन्तिम स्पर्धामा उत्रिने आयोजक मध्यकी एक सुस्मिता गालेले जानकारी गराइन् ।