images
images

झुटाे विवरण पेस गरी नागरिकता लिने एक जना भारतीय नागरिक पक्राउ

काठमाडौँ  –  झुटाे विवरण पेस गरी नागरिकता लिने एक जना भारतीय नागरिक सर्लाहीको बरहथवाबाट पक्राउ परेका छन् । भारतको बिहार सितामाढी घर भएका २० वर्षीय सिताराम सिंह पक्राउ परेका हुन् । उनले बरहथवा नगरपालिका २ घर भएका आफ्नै मामा गिर्जबहादुर भण्डारीलाई बाबु बनाएर नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए।

मामालाई बाबु बनाएर नागरिकता लिएको थाहा पाएपछि वडा नम्बर २ का वडाध्यक्ष यज्ञबहादुर खड्काको पहलमा शनिबार बेलुका हजरियाबाट पक्राउ गरी उनलाई इलाका प्रहरी कार्यालय बरहथवामा बुझाइएको थियो । सिंहले बरहथवा नगरपालिका २ को वडा कार्यालयमा गाँउका पाँच जनालाई सर्जिमिन मुचुल्का गर्न लगाइ नागरिकता लएका हुन् । भारतीय मुलका भान्जालाई नागरिकता बनाइ दिने मामा फरार रहेकाले उनको खोजी भैरहेको सर्लाही प्रहरीले जनाएको छ ।