काठमाडौँ – इण्डोनेसियाको सुलावेसी प्रान्तस्थित एक गुफाभित्र विश्वको सबैभन्दा पुरानो भित्तेचित्र फेला परेको छ । गुफाभित्रको भित्तामा कोरिएको उक्त चित्र साढे ४ मिटर चौडा रहेको छ । सिङ भएको एउटा जनावर र त्यसलाई खेदिरहेको एउटा सिकारीको उक्त चित्र ४४ हजार वर्ष पहिले बनाइएको निष्कर्ष वैज्ञानिकहरूले निकालेका छन् । बुधबार विश्व चर्चित नेचर पत्रिकामा यस भित्तेचित्रसम्बन्धी विशेष शोधपत्र प्रकाशित भएको छ । शोधकर्ताहरूका अनुसार यो विश्वमा अहिलेसम्म फेला परेकामध्ये सबैभन्दा पुरानो चित्र हो ।


जनता भ्वाइस 







