काठमाडौं – यसवर्ष आठ उद्योगका प्रोपाइटरलाई खाद्य ऐनअनुसार कारवाही गरिने भएको छ । खाद्यान्न तथा पिउने पानीसँग सम्बन्धित चार तथा दालमोठ भुजिया, चाउचाउ, मिठाइ र खुर्सानीको धूलो उत्पादन गर्ने उद्योगलाई खाद्य ऐन २०२३ अनुसार कारवाही गरिने भएको हो ।
यसवर्ष विभिन्न खाद्यान्नको ९२५ नमूना सङ्कलन भएकोमा ४६४ नमूनाहरुको परीक्षण प्रतिवेदनअनुसार ६१ उद्योगले मापदण्ड पूरा नगरेको, २९ दूषित रहेको, २४ न्यून गुणस्तर तथा ८ खाद्य ऐन नियमको प्रावधानअनुसार नपाइएकाले उनीहरुलाई कारवाही गर्न प्रक्रिया अगाडि बढाइएको हो ।