काठमाडौं – जबरजस्ती करणी उद्योगको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रहेका पूर्व सभामुख कृष्णबहादुर महराको मुद्दामा आइतबारबाट बकपत्र शुरु भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बिरराज पौडेलको इजलाशमा दुवैतर्फका साक्षीहरुको बकपत्र शुरु भएको हो ।
अदालतको आदेशानुसार महरा अहिले डिल्लीबजार कारागारको थुनामा छन् । महरामाथि जवरजस्ती करण उद्योग र पदीय ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अधिकत्तम ७ वर्ष कैद सजायको मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो ।


जनता भ्वाइस 







