समितिका अनुसार भारतको प्याज आउँदासम्म प्रतिकेजी १८० रुपियाँमा कारोबार भएकोमा अहिले चीनबाट आएको प्याज १४० रुपियाँमा झरेको छ । हरेक तरकारीमा स्वादका लागि प्रयोग गरिने प्याजको भाउ एक वर्षमा पाँच सय प्रतिशतले महँगो भएको छ । समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले चीनबाट प्याज भित्रिन थालेपछि बजारमा भाउ पनि घट्न थालेको र अब क्रमशः घट्ने सङ्केत देखिएको बताए ।
हुन त नेपालमा खपत हुनेमध्ये जम्मा दुई प्रतिशत मात्रै प्याज यहीँ उत्पादन हुन्छ, बाँकी ९८ प्रतिशत भारतबाटै आयात हुन्छ । अहिले भारतबाटै प्याज महँगो भएर आएको छ, त्यसमाथि यहाँ व्यापारीले यसको मौका छोपेर मनपरी भाउमा बिक्री गर्ने गरेका छन् तर तरकारी बजारमा व्यापार गर्दै आएका ठूला व्यापारी नै प्याजको भाउ कसले बढायो भन्नेबारेमा आफूहरू बेखबर रहेको बताउँछन् ।