images
images

३८ जना सवार चिली वायु सेनाको जहाज बेपत्ता

काठमाडौं– अन्टार्कटिकास्थित हवाई बेसका लागि उडान भरेको चिली बायु सेनाको एउटा जहाज बेपत्ता भएको छ ।

सोमबार साँझ १७ चालक दलका सदस्य र २१ जना यात्रु गरी ३८ जना बोकेको जहाज उडेको सी–१३० हरकुलस जहाज स्थानीय समयानुसार १६ः५५ बजेदेखि सम्पर्कविहीन छ ।

चिलीको वायु सेनाले सम्पर्कविहीन जहाजको खोजी र यात्रुहरुको उद्दारको कार्य शुरु भइसकेको जनाएको छ ।

समाचार संस्था ईएफईका अनुसार विमानमा यात्रारत ३८ जनामध्ये ३ जना सर्वसाधारण थिए ।