काठमाडौँ – आगामी माघ ७ देखि सुरुहुने राष्ट्रियसभाको निर्वाचन नेपाली कांग्रेसका लागि घाटाको व्यापार सिद्ध हुने देखिएको छ । राष्ट्रियसभाको पहिलो निर्वाचनमा जम्मा १३ सिटमा रहेको कांग्रेसले यो पटक आधा भन्दा बढी सदस्य गुमाउने देखिएको छ ।
आगामी फागुन २१ गते कार्यकाल पुराहुने १९ सांसद मध्ये नेपाली कांग्रेसका ७ जना सांसदको पदवधी सकिदैछ । जस्मा नेपाली कांग्रेसका राष्ट्रिसभामा प्रमुख सचेतक सुरेन्द्र पाण्डे समेत पर्नुहुने भएको छ ।
राष्ट्रिय सभाको दुईवर्षे कार्यकाल पूरा गरेर बिदा हुने कांग्रेसका सांसदहरुमा सुरेन्द्रराज पाण्डे, सरिता प्रसाई, विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय र धनकुमारी खतिवडा रहेका छन । अघिल्लो निर्वाचनमा गोला तन्दा यी सवै सांसदलाई दुइवर्षको मात्रै चिठ्ठा परेको थियो ।
निर्वाचन आयोगले दलहरुसँगको छलफल पछि राष्ट्रियसभाको निर्वाचन माघको ७ देखि १० गतेभित्र गर्ने तयारी गरिएको छ । संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइसक्नुपर्छ । फागुन २१ गते अहिलेका सांसदको २ वर्षे कार्यकाल पूरा हुँदैछ ।


जनता भ्वाइस 







