फायर एक्सटिंग्विशरमा मोनो एमोनिया फस्फेट पाउडर, कार्बनडाइअक्साइड ग्यास र नाइट्रोजन ग्यास राखिएका हुन्छन् । उक्त उपकरण जडित सिलिण्डरको ढकनमा रहेको सिल तोडेर ह्याण्डल थिच्दा निक्लने उक्त मिश्रणले आगो निभाउन सघाउँदछ । जसले आगलागीबाट हुने ठूलो जाेखिमबाट बच्न सकिन्छ ।
यसका साथै जिल्लाका स्थानीय सरकारका विपद् व्यवस्थापन गर्ने ऐन, नीति र कार्यविधि तथा सो अनुसारको उपकरण र तयारीको अवस्थाको बारेमा पनि समितिले तथ्य संकलन गर्ने भएको छ । विपद्को बेलामा सहज रुपमा ती सामाग्रीहरुको प्रयोग गर्ने वातावरण बनोस् भनेर सो तथ्याङ्क संकलन गर्न लागिएको उनले बताइन् ।
बैठकमा प्रमुख जिल्ला अधिकारी केसीले जिल्लाका ८ वटै पालिका र ६४ वटै वडामा पालिका र वडा स्तरीय विपद् व्यवस्थापन समितिहरु गठन भइ सकेको जानकारी दिइन् । विपद् व्यवस्थापन समितिलाई नेपाल टेलिकमको क्रमबद्ध मोबाइल सीम उपलब्ध गराएको पनि उनले बताइन् । एकै खालका नम्बरहरु हुँदा विपद्को बेलामा फोन गर्न सहज हुने उनले बताइन् ।
रामेछाप जिल्लामा सुक्खा मौसमको बेलामा अधिक रुपमा आगलागीका घटनाहरु हुने गर्दछन् । त्यसैले त्यसको नियन्त्रणको लागि बेलैमा काम सुरु गरिएको उनले जानकाी दिइन् । यसको साथै जोड महिनामा हिउँ र तुसारो पर्ने उमाकुण्ड, गोकुलगंगा तथा दोरम्बा गाउँपालिकामा आइपर्ने विपद व्यवस्थापनको लागि पनि तयारी अवस्थामा रहेन समितिले निर्णय गरेको छ ।


जनता भ्वाइस 







