नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने १२ उपसमूहरु मध्ये ३ वटा बढेका छन् भने बाँकी ९ वटा ओरालो लागेका छन् । हरियो देखिएका ३ उपसमूहहरु मध्ये व्यापार समूह सबैभन्दा धेरै १३.९९ अंकले बढेको छ ।
घटेका मध्ये सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स देखिएको छ । यो उपसमूहले ६४.०१ अंकले गुमाएका छन् ।
कारोबार रकममा भने सोमबार सुधार देखिएको छ । दिनभर भएका ४ हजार १ सय १३ कारोबारबाट १६४ कम्पनीका ८ लाख २६ हजार ३ सय ६८ कित्ता सेयर किनबेच भएका छन् ।
जसअनुसार कारोबार रकम २३ करोड २२ लाख ५९ हजार ३ सय ३१ रुपैयाँ पुगेको छ । यस अघि आइतबार कारोबार रकम २० करोड ६० लाख रुपैयाँमा मात्रै भएको थियो ।


जनता भ्वाइस 







