९ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट पत्रकारहरूको संस्था प्रेस संगठन नेपालको २३५ सदस्यीय केन्द्रीय समिति घोषणा भएको छ ।
केन्द्रीय समितिमा पूर्वएमालेनिकट प्रेस चौतारीबाट १२४ र पूर्वमाओवादीनिकट प्रेस सेन्टरबाट ८२ सदस्य छन् ।
यस्तै, विक्रम लुइँटेलको संयोजकत्वमा २१ सदस्यीय लेखा आयोग पनि गठन भएको छ ।
प्रेस सेन्टरमा यसअघि नै महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक भइसकेका छन् ।