काभ्रेपलाञ्चोक । मालपोत कार्यालय धुलिखेल, काभ्रेका नायब सुब्वा रोशकाजी जसपाउले बिक्री गरेको जग्गाको राजश्व र लाभकरसमेत दाखिला गरी जग्गा धनी प्रमाण पुर्जा लिने प्रयोजनका लागि मालपोत कार्यालय गएका सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज नायब सुब्वा रोशकाजी जसपाउलाई बीस हजार घुस लिएको अवस्थामा निजकै कार्यालयबाट उक्त रकमसहित नियन्त्रणमा लिएको हो।