images
images

घुस सहित इन्जिनियर पक्राउ

मंसिर ४, ललितपुर महानगरपालिका वडा नं. २८ का इन्जिनियर महेन्द्र महर्जनले सेवाग्राहीको घरको निर्माण सम्पन्न पश्चात निर्माण सम्पन्न प्रमाण-पत्र लिनका लागि रकम लाग्छ भनि घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज इन्जिनियर महेन्द्र महर्जनलाई सेवाग्राहीसँग रु.१०,०००।–(दस हजार) घुस/रिसवत वापतको रकम लिईसकेको अवस्थामा निजकै कार्यालयबाट उक्त घुस रकमसहित नियन्त्रणमा लिएको हो ।