काठमाण्डौ। छ महिनादेखि प्रदर्शन र विरोध भइरहेको हङकङमा मंगलबार नयाँ प्रहरी प्रमुख नियुक्त गरिएका छन्।
शहरकी प्रमुख कार्यकारी क्यारी लाम चेङ युएट-एनगोरको सिफारिसमा क्रिस ट्याङ पिङ-केन्ङलाई नयाँ प्रहरी प्रमुख बनाइएको हो।
सन् १९९७ मा ब्रिटेनले चीनलाई हस्तान्तरण गरेको हङकङका ट्याङ सातौं प्रहरी प्रमुख हुन्।
नव नियुक्त प्रहरी प्रमुख ट्याङले ३१ हजार प्रहरीलेमात्र सामाजिक अशान्तिलाई रोक्न नसक्ने उल्लेख गर्दै हङकङवासीको समर्थन चाहिने बताएका छन्।
अत्याधिक बल प्रयोग गरेको आरोपमा प्रहरीको कडा आलोचना भइरहेको समयमा ट्याङले भने मौनता र सहिष्णुताले मात्रै नकाबधारी कट्टरपन्थीलाई विनास गर्न प्रोत्साहन गर्ने बताउँदै हङकङबासीले हिंसाको निन्दा गर्ने आशा गरेको बताए।
मंगलबार सपथ लिएका प्रहरी प्रमुख मानिसहरुले प्रहरीमाथि मात्रै औंला उठाएको र हिंसाबारे आँखा चिम्लेकोप्रति चिन्ता व्यक्त गरेका थिए।
‘हामीले केवल निन्दा, दङ्गाको प्रतिबिम्ब, र उपयुक्त रणनीतिको साथबाट सामाजिक अशान्ति अन्त्य गर्न सक्छौं,’ उनले थपे।
६ महिनाअघि आएको चीनसँग सुपुर्दगी सन्धी गर्ने विधेयकसँगै सुरू भएको हङकङको प्रदर्शन पछिल्लो समय हिंसात्मक बनिरहेको छ।
प्रदर्शनकारीहरूले विरोधका क्रममा प्रहरीबाट दमन भएको भन्दै ती प्रहरी अधिकारीलाई कारबाही गर्नु पर्ने माग पनि प्रमुखताका साथ उठाइरहेका छन्।
प्रहरी प्रमुख परिवर्तन भएसँगै आन्दोलन मत्थर हुन्छ कि जारी रहन्छ भन्ने हेर्न बाँकी छ।
‘अब त अत्ति भयो,’ उनले भने, ‘तपाईंको जस्तोसुकै विश्वास भए पनि हिंसाको महिमा नहोस्। भीडलाई आफैं उत्प्रेरित हुन् र कट्टरपन्थी बन्न नदिनुस्।’
उनले हिंसाको सबैले भर्त्सना गरेको भए हङकङ पाँच महिनामा यस्तो अवस्थामा परिणत नहुने बताए।