काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रीमण्डल पूर्नगठन गर्ने तयारी गरेपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा नेताहरुको जमघट बाक्लिएको छ।
दाहाल निवास खुमलटारमा अहिले सरकारमा रहेका फालिने सम्भावित मन्त्रीदेखि नयाँ नियुक्त हुने मन्त्रीहरु सम्मका विषयमा नेताहरुबीच छलफल भइरहेको छ। सो छलफलमा वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
बैठकमा उर्जामन्त्री वर्षमान पुन र मन्त्रीबाट हटाइन लागेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठलगायतका नेताहरुको उपस्थिति रहेको स्रोतको भनाइ छ । सो छलफलमा नेताहरुबीच फालिने सम्भावित मन्त्रीदेखि नयाँ नियुक्त हुने मन्त्रीहरुसम्मका विषयमा चर्चा चलेको थियो । प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष दाहालसँग फालिने र नयाँ मन्त्रीका विषयमा अन्तिम निर्णय लिने भएकाले नेताहरु खुमलटार पुगेका हुन् ।