images
images

प्रहरीद्धारा ठुलो परिमाणमा हतियार बरामद

दाङ कार्तिक ३०, गढवा गाउँपालिका र कपिलवस्तुको शिवराज नगरपालिका-१ को सिमानामा रहेको शिवराज नगरपालिका-१ स्थित खाली गोठबाट एसएमजी ५ थान, सोहीको म्याग्जिन १३ थान, गोली ३ सय ९० राउण्ड र हतियार राख्न प्रयोग गरेको सुटकेश १ थान शुक्रबार साँझ प्रहरीले बरामद गरेको हो ।

सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द “बिप्लव”को गृह्रनगरको सिमावर्ति क्षेत्र हो ।

उक्त स्थानमा हातहतियार लुकाइ छिपाइ राखेको भन्ने विशेष सूचनाको आधारमा ५ नम्बर प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय गढवाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उक्त स्थान तलासी गर्ने क्रममा सुटकेशभित्र उक्त हातहतियार राखी पात पतिङ्गर र झारपाaतले छोपी लुकाइ छिपाइ राखेको अवस्थामा फेला पारेको प्रहरीले जानकारी गराएको हो ।

पछिल्लो समय सो स्थानबाट हतियार बरामद भईरहेको प्रहरीले जनाएको छ । हतियार कसले के का लागी ल्याएको भन्ने हाल सम्म खुलेको छैन । सो सम्वन्धमा अनुसन्धान भईरहेको प्रहरीले जानकारी गराएको छ ।