images
images

भन्सार छली भित्र्याइएको डेढ लाख मूल्य बराबरको कपडा बरामद

लहान – भारतीय क्षेत्रबाट भन्सार छली नेपाल भित्र्याइएको करिब डेढ लाख मूल्य बराबरको कपडा सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ। 

सिरहा नगरपालिका ७ स्थित मुख्य सडक खण्डबाट प्रहरीले कपडा नियन्त्रणमा लिएको हो। गोलबजार ४ का मुकेश राउतकी पत्नी ३५ वर्षीया पिङ्की साहले भन्सार छलेर भित्र्याएको कुर्ता सुरुवाल, जिन्स, साडी लगायतका कपडा समान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। 

नियन्त्रणमा लिइएको सामान भन्सार कार्यालयमा बुझाइएको छ।