images
images

एक युवालाई आफैँले पालेको सिंहले आक्रमण गरेर मारिदिए

चेक गणतन्त्रमा एक युवालाई आफैँले पालेको सिंहले आक्रमण गरेर मारिदिएको छ।

माइकल प्रसेकको घरमा नौ वर्षको सिंह र प्रजननको निम्ति अर्को सिंह पनि थियो। उनले सिंह पालेकाले स्थानीय बासिन्दाहरू चिन्तित थिए।

प्रसेकलाई उनका बुवाले सिंहको खोरमा मृतावस्थामा फेला पारेका थिए।उनले स्थानीय सञ्चारमाध्यमलाई खोर भित्रबाट बन्द गरिएको जानकारी दिएका थिए।

प्रहरीले छुट्टाछुट्टै खोरमा राखिएका जनावरलाई गोली हानेर मारिदिएका छन्। प्रहरीका प्रवक्ताले मान्छेलाई बाहिर निकाल्न ती जनावरलाई गोली हान्नु परेको बताए।

साइकल यात्री रसिंहको ठक्कर

सन् २०१६ मा ३३ वर्षीय प्रसेकले सिंह र गत वर्ष पोथी सिंह ल्याएर दुवैलाई घरपछाडि बनाइएको खोरमा राखेका थिए।उनले त्यसअघि उनलाई खोर बनाउने अनुमति दिन अस्वीकार गरिएको थियो र अवैध प्रजनन प्रक्रियाको निम्ति उनले जरिबाना पनि तिरेका थिए।

तर आफ्नो घरमा कसैलाई पनि पस्न नदिने जनाएपछि अधिकारीहरूसँगको उनको विवाद साम्य भएको थियो। चेक गणतन्त्रमा वैकल्पिक व्यवस्थाको अभाव भएकाले एवम् क्रूर घटना नभएकाले बलपूर्वक सिंह हटाउन सकिएको थिएन।

गत गर्मी याममा सिंहलाई डोर्‍याउँदै हिँडिरहेका बेला एउटा साइकल चालक ठोक्किएपछि प्रसेक समाचारको पात्र बन्न पुगेका थिए। प्रहरीको हस्तक्षेपपछि उक्त घटनालाई एउटा सडक दुर्घटनाको रूपमा लिइएको थियो।

त्यहाँका नगरप्रमुखले अहिले भएको घटनाले लामो समयदेखि समस्याका रूपमा रहेको सिंह पाल्ने विषय समाधान हुन सक्ने आशा व्यक्त गरेका छन्।