images
images

स्टेम सेल ट्रान्सप्लान्टपछि लन्डनका एक व्यक्ति एचआइभी एड्स मुक्त

काठमाडौं – स्टेम सेल ट्रान्सप्लान्टपछि लन्डनका एक व्यक्ति एचआइभी एड्स मुक्त भएका छन्। उनी यस्तो उपचारपछि एचआइभी मुक्त हुने दोस्रो व्यक्ति हुन्। पहिलो व्यक्तिको उपचार सफल भएको १२ वर्षपछि लन्डनका ती व्यक्तिको उपचार सफल भएको याहु न्यूजले लेखेको छ। उक्त उपचारलाई एचआइभीको उपचारमा ब्रके थु्रसमेत मानिएको छ।

प्हिलो थेरापी टिमोथी रे ब्राउनमा १२ अघि गरिएको थियो । र त्यो सफल भएको थियो। अमेरिकाका ब्राउनको जर्मनीमा उपचार भएको थियो। उनी अहिले पनि एचआइभी मुक्त जीवन बाँचिरहेका छन्। यस्तो प्रकारका ट्रान्सप्लान्टहरू खतरापूर्ण हुने डाक्टरहरुले बताएका छन्। लाखौँ व्यक्तिहरुलाई एड्स भइसकेका लागि सबैमा यस्तो थेरापी गर्न सम्भावना समेत हुँदैन। तर फ्रेड हुटचिनसन क्याम्सर रिसर्च सेन्टरका डा. केथ जेरोमले यस्ता प्रकारका थेरापीहरु बृहत रुपमा गर्न सकिने बताएका छन्।  जेरोमले पछिल्लो सफलताले पहिलो पटक भएको थेरामी थेरापीमै सिमीत नरहेको स्पष्ट भएको समेत बताएका छन्।

समाचार संस्था एपीका अनुसार ब्राउनमाथिको उपचार एक दशकभन्दा अघि भएको थियो। पछिल्लो सफलताको कुरा नेचर नाम जर्नलमा छापिएको र उक्त विषय एचआइभी कन्फ्रेन्समा प्रस्तुत गरिने समेत याहु न्युजले लेखेको छ। पछिल्लो पटक उपचार सफल भएका भनिएका व्यक्तिको विवरण सार्वजनिक गरिएको छैन। उनलाई सन् २००३ मा एचआइभी भएको पत्ता लागेको थियो। उनले सन् २०१२ पछि इन्फेक्सनलाई कम गर्ने औषधिहरु खाएका थिए। उनले रोग पत्ता लागेको लामो समयसम्म किन औषधि खाएनन् भन्ने विषयसमेत खुलेको छैन। उनी अघिल्लो वर्ष स्टेम सेल ट्रान्सप्लान्टका लागि तयार भएका थिए।