images
images

नेपाली फिल्म ‘ङ्हो’ आउँदै

काठमाडौं – तामाङ भाषा, कला, संस्कृति जगेर्ना गर्नुका साथै पुस्तान्तरणका लागि निर्मित तामाङ कथानक फिल्म ङ्हो (भाग्य) को गीत सार्वजनिक गरिएको छ।

सैलुङ अनलाइनको सभाहलमा पत्रकार सम्मेलनमार्फत निर्माण पक्षले फिल्मबारे जानकारी दिनुका साथै ‘कादे ज्याबा ह्याङ्ला माया…’ बोलको गीत सार्वजनिक गरेको हो। फिल्मका निर्देशक भुवन स्याङ्बो तामाङ हुन्। अभिनेता जयनन्द लामाले चलचित्रमार्फत आफ्नो मौलिकता प्रस्तुत गर्न पछिल्लो पुस्ता लागिपरेकोमा गौरवान्तित भएको बताए। तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले यो चलचित्र हलमा पुग्नुपर्ने बताए।

फापरे फिल्मस् प्रालिको तेस्रो प्रस्तुतिमा बनेको चलचित्रका निर्माता सुनिमाया तामाङ हुन्। त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रमा किसमान तामाङ, ङ्होमा आरम्भ तामाङ, निर्मला तामाङ, एलेक्स घले, छिमी माम्बा, मारनेन वाइबा, अनिता तामाङ, डोल्मा तामाङ, राजन तामाङ, नीलमान तामाङ, रोज तामाङ, रिमान तामाङ, विजय तामाङ, झरना गुरुङ, सुमी तामाङ र बालकलाकार तेन्जिङ सोनामको अभिनय छ। यसमा फूलकुमार बम्जनको शब्द, टिक बम्जनको संगीत र स्वरमा जितु लोप्चनको पनि साथ रहेको छ।