काठमाडौँ । मंगलबार कीर्तिपुर रंगमञ्चको उद्घाटन हुने भएको छ । प्राविधिक कारणले २०७४ जेठमा बन्द हुन पुगेको काठमाडौँ सुन्धारास्थित नाटकघर (थिएटर मल) पुनः कीर्तिपुरमा स्थापना भएको हो ।
कीर्तिपुर रंगमञ्च नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको अवसरमा उद्घाटन हुन लागेको हो । यसै अवसरमा मंगलबार केदार श्रेष्ठको निर्देशनको भोको घर समेत मञ्चन हुँदैछ ।
उक्त रंगमञ्च कीर्तिपुर नयाँबजार नगाउँ दोबाटोबाट मच्छेगाउँ जाने बाटोमा रहेको छ ।



जनता भ्वाइस 








