कैलाली – कैलालीको गोदावरीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु र दुई जना घाईते भएका छन् ।
मृत्यु हुनेमा कञ्चनपुरको देखतभुलीका २५ बर्षीय मोटरसाईकल चालक नेमबहादुर रानाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा कञ्चनपुर देखतभुलीकै भुवन राना र दलबहादुर राना घाईते भएका छन् । गुलरियादेखि अत्तरिया तर्फ गईरहेको तीन जना सवार से ५ प ७०७९ नम्बरको मोटरसाईकल तिव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।