images
images

हुम्लामा ३६ घण्टापछि हवाई सेवा सुचारु

हम्ला फागुन १२, तीन दिनपछि अवरुद्ध हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा सुचारु भएको छ । लगातार हिमपात हुँदा फागुन आठ गतेपछि हवाई सेवा बन्द रहेको थियो । 
विमानस्थलमा जमेको हिउँ गाऊँका जनता लागेर पन्छाए पछि रन वे क्लिएर हुँदा हवाई सेवा सुचारु भएको हो । विमानस्थलको हिउँ फाल्ने गाडी बिग्रेको कारण मानिस मिलेर हिउँ फाल्ने काम भएको कार्य सम्पन्न भएपछि फ्लाईट सुरु भएको थियोे । शनिबार बेलुकासम्म तारा, सीता, मकालु र समिट एयरका जहाजहरुले १४ फ्लाईट भरेको नागरिक उड्डयन प्राधिकरणका प्रमुख गौरी शंकर शाहले बताउनुु भयो । जहाजहरुले बेलुका साढे पाँच बजेसम्म उडान भरेको उहाँले बताउनु भयो । नेपालगंज, सुर्खेत र बाजुराबाट फ्लाईट भरेका जहाजहरुले यात्रु, खाद्यान्न, काग्रोको सामान भरेका थिए भने सिमकोटबाट पनि तीन फ्लाईट यात्रु सुर्खेत र नेपालगंज झरेको तारा एयरका ईन्चार्ज सरस्वती लामाले बताउनु भयो । अवरुद्ध हवाई सेवा सुचारु हुँदा यात्रुलाई राहत भएको छ भने सिमकोट बजारमा देखिएको दैनिक उपभोग्य सामान अभाव टरेको छ ।
स्रोत :- गोरखापत्र