
काठमाडौं । खाडी मुलुकमा जाने नेपालीहरका लागि सरकारले फ्री भिषा फ्री टिकट भने पनि अहिलेसम्म लागू हुन सकेको छैन । सरकारले खाडी मुलुकका लागि सेवा शुल्क वापत १० हजार मात्रै लिन पाइने व्यवस्था गरेको छ । यस बाहेक युरोपका देशहरुमा जान सरकारले सेवा शुल्कका लागि ८० हजार मात्रै लिन पाइने व्यवस्था । तर काठमाडौंमा रहेको अधिकांश मेनपावरले युरोपका देशमा कामदार भिषामा लैजाने भन्दै लाखाँै रुपैयाँ असुल्ने गरेका छन् । काठमाडौ बसुन्धरामा रहेको क्यापिटल रिक्कुमेन्ट सर्भिसेस प्रा.ली.ले ग्रिसका लागि कामदार भिषा भन्दै सेवाग्राहीसँग ७ लाख लिदै गरेको अवस्थामा हाम्रो स्ट्रीङ अप्रेशनबाट खुलेको छ ।
धनुषाका सुरेन्द्र दास र पर्वतका सन्तोष विकको ग्रिसबाट कामदार भिषा आएर यहाँबाट श्रम अनुमति पनि पाए तर प्रोसेसिङमा सहयोग गरेको क्यापिटल सर्भिसेस प्रा.ली.ले भने ७ लाख नदिएसम्म भिषा र श्रम लागेको पासर्पोट अडान लियो ।
यसपछि उनीहरु वैदेशिक रोजगार विभाग स्थित ११ नम्बर कोठामा रहेको निर्देशकलाई भेट्न गए । निर्देशकले पहिले प्रमाण ल्याएर लगाए । त फेरी एकै छिन्मा उनले कारवाही गर्नुको साटो उल्टो मेनपवारमा फोन गरेर मिलाएर पठाउनुस् भन्दै पीडितलाई म्यानपावमै पठाए । बैदेशिक रोजगार विभागबाटै आफूहरु अन्यायमा परेको भन्दै पीडितहरु हाम्रो कार्यालय आए ।
हामीले महानगरीय प्रहरी वृत बालाजुको सहयोगमा मेनपवारका सञ्चालकहरुले पैसा लिदै गरेको स्ट्रिङ गर्न लाग्यौ । उनिहरुले पहिले दिनमा विभिन्न कुरा गर्दैै विहीबार पैसा लिने भनि बोलाए । म्यानपावर व्यवसायी ५ लाख रुपैया लिन बालाजुमा हामीले बोलाएको स्थनमै आए । २ लाख रुपैया पहिलेनै लिएको म्यानपावार सञ्चालकले ५ लाख रुपैया लिन अनेक प्रपन्च गरिरह्यो र अन्त्यमा लिएरै छाड्यो ।
म्यानपावर सञ्चालक नीता गौतम र टंक सुवेदीले मेनपवारका कर्मचारीलाई ५ लाख रुपैयाँ पैसा बुझ्न पठाए र यि कर्मचारीले यसरी पैसा लिए । यसरी युरोप पठाउने बहानामा सेवाग्राहीसँग ५ लाख लिदै गरेको म्यानपावरका कर्मचारी प्रहरी नियन्त्रणमा छन् ।
२ लाख रुपैयाँ यस अघि नै बैक मार्फत लिइसकेका थिए । यसरी क्यापिटल रिक्कुमेन्ट सर्भिसेस प्रा.ली.ले जस्तै काठमाडौंका धेरै मेनपवारले सेवाग्राहीलाई ब्ल्याकमेल गरेर लाखौँ उठाइरहेका छन् ।