images
images

छोएको निहुँमा कुटिए डोम आमाछोरी, प्रशासन लुज, प्रहरीले नै दबाउन खोजे घटना

लहान । दलित बालकले कथित उपल्लो जातको बालकको शरीर छोएको निहुँमा सिरहामा डोम आमाछोरी कुटिएको घटना प्रहरीले नै दबाउन खोजेको छ । छिमेकी अयोधी सदाय, सकल सदाय र विरोधी महतोले लहान नगरपालिका–१८ का ललिता मरिक र उनकी छोरी अमिरकालाई घरमै गएर कुटपिट गरेका हुन् ।

प्रहरीले दोषीलाई कारबाही गर्नुको सट्टा उल्टै मिलापत्र गर्न दबाब दिएको हो । ३ फागुनको बिहान स्थानीय मुतनी खोलामा शौच गर्न गएका ललिताका ८ वर्षीय छोरा सुशीलले छिमेकी अशोक सदायलाई छोएको निहुँमा ललिता र अमिरका कुटिएका थिए । अशोक अयोधीका नाति हुन् ।

८ वर्षीय सुशील मरिक ३ फागुनमा बिहान भाइसँग शौच गर्न मुतनी खोलातिर गएका थिए । मरिक दाजुभाइका दौँतरी छिमेकी अयोधी सदायका नाति अशोक पनि खोला किनारमा शौच गर्न गएका थिए । शौचपछि खोलातिर जाँदै गर्दा छोएको निहुँमा उनीहरूबीच विवाद भएको ललिताले बताइन् ।

कुटपिटबाट आमाछोरी ललिता मरिक र अमिरका मरिक घाइते भएका छन् । ललिताको टाउको, पिठ्युँ, ढाड र कम्मरमा चोट लागेको छ भने अमिरकाको देब्रे हातको दुईवटा औँला फुटेको छ । घाइते पत्नी र छोरीलाई लहानस्थित रामकुमार–उमाप्रसाद स्मारक अस्पतालमा उपचार गरेको दुःखीले बताए ।यो सममाचार आजको कान्तिपुर दैनिकमा छ ।