स्पेन । नेपालमा २०७२ सालको विनाशकारी भूकम्पपछि प्रभावकारी उद्धार गरेको भन्दै स्पेनले भारतलाई सम्मान गरेको छ ।
स्पेन भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई स्पेन सरकारले ‘ग्राण्ड क्रस अफ अर्डर अफ सिभिल मेरिट’ सम्मान प्रदान गरेको हो । उक्त सम्मान नेपालमा विनाशकारी भूकम्प गएपछि भारतले राहत तथा उद्धारमा निर्वाह गरेको भूमिकाका लागि दिइएको बताइएको छ ।
भूकम्पपछि ७१ स्पेनिस नागरिकलाई सकुशल उद्धार गरी स्वदेश फर्काउन भारतले सहयोग गरेको स्पेनको भनाइ छ । भूकम्पलगत्तै भारतले ‘अपरेशन मैत्री’ अन्तर्गत नेपालमा राहत र उद्धार गरेको भन्दै स्पेनले सम्मान गरेको भारतीय अधिकारी बताउँछन् ।