images
images

पूर्वराजा ज्ञानेन्द्रका लागि यो बर्षको फागुन ७ विशेष रहयो

काठमाडौं । फागुन ७ प्रजातन्त्र दिवस । पूर्वराजपरिवारले यो दिवसलाई सधै भब्यरुपमा मनाउँदै आएको छ । तर पूर्वराजा ज्ञानेन्द्र शाहले २०७५ सालको फागुन ७ विशेष दिनका रुपमा मनाउने भएका छन् । विगतका बर्षभन्दा पूर्वराजा ज्ञानेन्द्रका लागि यो बर्षको फागुन ७ विशेष दिनका रुपमा रहने भएको छ ।

पूर्वराजाले आजको फागुन ७ पत्नीको जन्मदिन, पिताको श्राद्ध र जिजुबुवाको सम्झना गरी मनाउँदैछन् । उनका लागि आज बिशेष दिन परेको छ । पूर्वरानी तथा पत्नी कोमल शाहलको जन्म दिन पनि फागुन ७ नै हो । जन्म दिन मनाउन उनी झापाबाट काठमाडौं आउने तयारीमा थिए । तर बाबु तथा पूर्वराजा महेन्द्र शाहको श्राद्ध तिथी पनि आजै परेका कारण पूर्वराजा निर्मल निवास फर्किन सकेनन् ।

पत्नी कोमलसँग चिया बगानभित्रको आफ्नै नीजि बंगलामा बसिरहेका पूर्वराजाले आज पिता महेन्द्रको श्राद्ध गर्ने भएका छन् । मृत्युको हिसावले माघ २८ महेन्द्रको तिथी हो । तर थितिकै कारण उनको श्राद्ध आज परेको छ ।

त्यसैगरी पूर्वराजाले जिजुबुवा त्रिभूवनको पनि आज सम्झना गर्ने भएका छन् । फाल्गुन ७ लाई राजा र प्रजातन्त्र दुवै दिवसकारुपमा पहिले मनाउने गरिन्थ्यो । जहानीयाँ राणा शासन अन्त्यका लागि राजा र प्रजातन्त्रबादी शक्ति मिलेर लड्को दिनका रुपमा लिइन्छ भने यो दिनलाई नेपालको इतिहासमा प्रजातन्त्र दिवसका रुपमा मनाइदै आएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि आजको दिन बिज्ञप्ती जारी गरेर सवैलाई शुभकामना र जिजिबुवा त्रिभूवनलाई सम्झने गरेका छन् ।