images
images

पाटा एडभेन्चर ट्राभल मार्टमा नेपालको साहसिक तथा आधात्मिक पर्यटन प्रबर्धन

प्यासिफिक एशिया ट्राभल एसोशिएसन (पाटा) द्वारा फेब्रुअरी १३ देखि १५ मा भारतको उत्तराखण्ड स्थित ऋषिकेशमा आयोजित “पाटा एडभेन्चर ट्राभल एण्ड रेस्पोंसिबल टुरिजम कन्फेरेन्स एण्ड मार्ट” मा पाटा नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्ड को सहकार्यमा नेपालबाट ६ वटा निजि पर्यटन व्यवसायिक संस्थाहरु कैलाश ग्रुप नेपाल, के जी एच ग्रुप अफ होटेल एण्ड रिसोर्ट, हिमालयन होलिडेज, कम्युनिटी होमस्टे, नेपाली घर होटेल र अभिवादन एक्सपिडिसन होलिडेज ले प्रभावकारी सहभागिता जनाएका छन् ।

उत्तराखण्ड टुरिजम डेभलपमेन्ट बोर्डको आतिथ्यतामा आयोजित उक्त मार्टमा २८ वटा विभिन्न मुलुकहरुबाट सरकारी तथा निजीक्षेत्र सम्बद्ध ३०० जना सहभागीहरुले सक्रिय सहभागिता जनाए, जसमा नेपाल, भारत, भुटान, म्यान्मार, इन्डोनेसिया, मलेसिया, थाईल्याण्ड लगायत १० वटा गन्तब्य देशहरुबाट ४७ बिक्रेता र अस्ट्रेलिया, क्यानाडा, चीन, कोरिया, स्पेन्, यूके, अमेरिका लगायत १८ वटा बिभिन्न स्रोत बजार (देशाहअरु) बाट ४४ क्रेतहरुको उल्लेख्य सहभागिता रहेको थियो ।  

“रेजुभने युवर सोउल थ्रू ट्राभल” मूल बिषय मा केन्द्रित १ दिने कन्फेरेन्समा  ‘स्टोरी टेलिङ्ग टु सेल ट्राभल अन इन्स्टाग्राम’, ‘युजिंग सस्ट्यानिबिलिटी टु फ्युचर-प्रूफ आवर डेस्टिनेसन्’, ‘टुरिज्म अयाज अ टूल फर रेजुभनेशन’, ‘भिजन ड्रिभन लिडरशिप इन एडभेन्चर टुरिजम’ लगायत बिबिध शिर्षकहरुमा बक्ताहरुले आ-आफ्नो प्रश्तुति तथा धारणा ब्यक्त गरेका थिए । नेपाल पर्यटन बोर्डबाट मार्केटिंग प्रबन्धक श्रद्धा श्रेष्ठले कन्फेरेन्सको प्लेनरी सेशनमा वक्ताको रुपमा नेपाल को प्रतिनिधित्व  जनाएकी थिईन ।

पाटा नेपालका अध्यक्ष सुनिल शाक्यले नेपाल, भारत र भुटानको दिगो तथा जिम्मेवार पर्यटन बिकासका लागि तीनै राष्ट्रहरु बीच संयुक्त पहल र सहकार्यका लागि पाटा अन्तर्गत आवस्यक पहल गर्नुपर्ने आवस्यकता रहेको बिषयलाई मार्टमा आमन्त्रित सम्बन्धित राष्ट्रका पर्यटनविदहरु संग छलफल गर्नुभएको थियो।   

प्रकृति, संस्कृती र साहसिक यात्राको बेजोड संयोजनबाट जीवन्त अनुभवहरु प्रदान गराउने साहसिक पर्यट्नका बिबिध प्रोड्क्टहरु रहेको तथा यस क्षेत्रमा अपार सम्भावना बोकेको नेपाल जस्तो गन्तब्यलाई “साहसिक पर्यट्नका लागि परम गन्तब्य” का रुपमा प्रबर्धन गर्ने एक उपयुक्त मन्च हो- पाटा एडभेन्चर ट्राभल मार्ट । ऋषिकेशमा आयोजित उक्त मार्ट नेपालको आध्यात्मिक तथा धार्मिक पर्यटन सम्बन्धित प्रोडक्टहरु र सम्भावनाहरु लाइ स्थानीय एवं बिदेशी सहभागीहरुमाझ प्रवर्धन तथा उजागर गर्ने उपयुक्त माध्यम बनेको थियो ।

योग क्यापिटल का रुपमा सुप्रशिद्ध ऋषिकेश मा बार्षिक ३५ लाख श्रद्धालु तथा पर्यटकहरु भ्रमण गर्ने गर्दछन । नेपाली पर्यटनको मुख्य बजार भारत भएता पनि नेपालको स्रोत र क्षमताको तुलनामा नेपाल आउने भारतीय पर्यटकहरुको संख्या निकै न्यून हो । नेपालका आकर्षक एवं महत्वपूर्ण धार्मिक स्थलहरु पशुपतिनाथ, लुम्बिनी, जनकपुर, मुक्तिनाथ आदि क्षेत्रहरु लाइ साहसिक पर्यटन को सेवा संगै उपयुक्त संयोजन गरी प्रभावकारी मार्केटिंग गर्नसके नेपालले भारतीय श्रद्धालु तथा आगन्तुक हरुको आगमनमा उल्लेख्य बृद्धी गराउन सक्नेछ ।