images
images

बेनी देखी नारायणगढ छुटेको बस दुर्घटना चारको मृत्यु,३६ जना घाईते

बागलुङ माघ ३, बेनीदेखि नारायणगढ हिडेको ग १ ख ६१०८ नम्बरको बस पर्वतको कुश्मा नगरपालिका १ मालढुंगामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।

उक्त गाडी सडकदेखि ६० मिटर तल कालीगण्डकी नदीमा खस्दा तीनजनाको घटनास्थलमै र एकको अस्पतालमा मृत्यु भएको हो।प्रहरीका अनुसार मृत्यु हुनेमा एक महिला र ३ पुरुष छन् । उनीहरुको हाल सम्म पहिचान भएको छैन ।

बेनीस्थित बस काउण्टरबाट १४ जनाको टिकट काटेर छुटेको बसमा ३९ जना यात्रु भएको अनुमान प्रहरीले गरेको छ । पर्वतका ट्राफिक प्रहरी इन्चार्ज रामकृष्ण गौलीका अनुसार घाइते ३६ जनालाई घटनास्थलबाट उद्धार गरि उपचारका लागि धौलागिरी अञ्चल अस्पतालमा लगिएको छ ।

दुर्घटनाको कारण तीव्र गति र ओभरलोड भएको यात्रुहरूले बताएका छन्। २५ सिटको बसमा क्षमता भन्दा बढी यात्रु चढाएको पाइएको छ ।