images
images

२० वर्षभित्र पर्यटन क्षेत्र आर्थिक विकासको प्रमुख आधार बन्छ : मन्त्री अधिकारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले २० वर्ष भित्र पर्यटन क्षेत्रलाई मुलुकको आर्थिक विकासको प्रमुख आधारको रुपमा विकास गर्ने बताएका छन् ।
मन्त्री अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँगको सहकार्यमा जोड दिने पनि स्पष्ट पारे ।
सोमबार काठमाडौंमा आयोजित नेपाल पर्यटन बोर्डको २० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले पर्यटन उद्योगको भविष्य उज्यालो रहेको उल्लेख गर्दै उत्साहका साथ काम गर्न पर्यटन व्यवसायीहरुलाई पनि आग्रह गरे ।
मन्त्री अधिकारीले मुलुकको पर्यटन क्षेत्रको उल्लेख्य विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने पनि स्मरण गराए ।

मन्त्री अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई ‘बुटिक विमानस्थल’को रुपमा विकास गर्न लागिएको पनि बताए ।
पर्यटन क्षेत्रको विकासको लागि पूर्वाधारको अवस्थामा सुधार ल्याउन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको कामलाई सरकारले अघि बढाएको समेत उनको भनाई थियो ।