images
images

निर्मलालाई न्याय माग्दै नेविसंघद्धारा प्रदर्शन

काठमाडौं । बलातकार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दे नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ । राजधानिको प्रदर्शनीमार्ग स्थित रत्नराज्य लक्ष्मी क्याम्पसबाट आयोजना गरिएको ¥यालिमा उनीहरुले निर्मलाको हत्या भएको ४ महिना वितिसक्दा पनि सरकार मौन रहेको भन्दै कडा विरोध जनाएको छ ।

विदेशी धर्म प्रचारका लागि दुई करोड खर्चेर तारे होटलमा सेमिनार गर्ने सरकारले एउटा चेलीका लागि न्याया माग्दा गोलि हानेको भन्दै अब सडक संघर्ष गर्ने नेविसंघ आरआर क्याम्पस इकाई कमिटि अध्यक्ष सन्जिब ढकालले चेतावनी दिए ।

नागरिकको मौलिक हकको हनन गर्दै सरकारले बलत्कारिको संरक्षण गरेर राष्ट्रको बेइज्जत गरी देशमा अधिनायकवाद लादन खोजेको ढकालले बताए

साथै उनले २०५२ साल देखि २०६२ सालसम्म धर्म प्रचार गरेर विदेशीको पैसामा बन्दुक देखाउनेदेखि लिएर झापा अन्दोलनका क्रममा धान लुटेर प्रधानमन्त्री बनेकाहरु कुर्सिमा हुन्जेलसम्म देशको विकास हुन नसक्ने भन्दै उनीहरुको बहुरुपी चर्चालाई उदांगो पार्न जरुरी रहेको बताए ।

¥यालिमा सरकार भेटियो न्याय भेटिएन, अब सरकार मेटिन्छ न्याय भेटिन्छ लगायतका प्लेकार्ड बोकेका थिए । ¥यालिमा सहभागीहरुले निर्मलाको पोस्टर पुतलिसडक, न्युप्लाजा भृकुटीमण्डप, रत्नपार्क लगायत क्षेत्रमा टाँसिएको थियो ।