काठमाडौं असोज १५, उदयपुर र पाँचथरबाट जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । उदयपुर बेलका नगरपालिका-८ तिलुङ बस्ने १४ वर्षीया बालिकालाई गत बुधबार जबरजस्ती करणी गरको अभियोगमा सोही ठाउँ बस्ने ३१ वर्षीय मनोज राईलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
पाँचथर हिलिहाङ गाउँपालिका-५ सुभाङ बस्ने ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरको अभियोगमा सोही ठाउँ बस्ने २३ वर्षीय सुजन बयलकोटीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।