images
images

कक्षा १२ को नतिजा प्रकाशित

काठमाण्डौ । गत बैशाखमा सम्पन्न भएको कक्षा १२ को परीक्षाफल आज प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहिबार बिहान परीक्षाफल प्रकाशित गरेको हो । बोर्डले दिएको जानकारीअनुसार पहिलो पटक कक्षा १२ को सबै संकायको नतिजा एकैचोटि प्रकाशन गरिएको हो ।

ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक भएको नतिजामा ३।६१ देखि ४ जीपीए ल्याउनेमा १ हजार १ सय ६९ परीक्षार्थी रहेका छन् । यस्तै ३।२१ देखि ३।६० जीपीए ल्याउने ११ हजार २ सय २१, २।८१ देखि ३।२० जीपीए ल्याउनेमा २७ हजार ६ सय ४३, २।४१ देखि २।८० जीपीए ल्याउने ५८ हजार ३ सय ४५, २।०१ देखि २।४० जीपीए ल्याउने ९० हजार २ सय ९९ परीक्षार्थी रहेका छन् ।

यस्तै १।६१ देखि २।० जीपीए ल्याउने ६६ हजार ४ सय ३८, १।२१ देखि १।६० जीपीए ल्याउने २२ हजार ७ सय ३४, ०।८१ देखि १।२० जीपीए ल्याउने ४ हजार ४ सय ८८ र ०।०० देखि ०।८० जीपीए ल्याउने १ सय ९९ जना रहेका छन् । कक्षा १२ को परीक्षामा नियमित तर्फ ३ लाख र आंशिक तर्फ १ लाख गरी कूल ४ लाख विद्यार्थीहरु सहभागी थिए ।

नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट लगयतका वेबसाइटमा हेर्न सकिन्छ। १६०० मा एस.एम.एस.गरेर पनि नतिजा थाहा पाउन सकिन्छ।