images
images

सुत्केरी भत्ता दोब्बर बृद्धि

काठमाण्डौ साउन १, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले मतहतका निकायलाई आजैदेखि सुत्केरी भत्ता दोब्बर बृद्धि गर्न परिपत्र गरेको छ । आर्थिक वर्ष ०७५/०७६ को बजेटमा आमा सुरक्षा कार्यक्रमको लागि गर्भवती जाँच सेवा लिने र स्वास्थ्य संस्थामा सुत्केरी हुनेको लागि प्रदान गरिने यातायात खर्च रकम दोब्बर बनाउने व्यवस्था भएको र सो व्यवस्था आजैदेखि लागू गर्न विभागले परिपत्र गरेको हो ।