जुम्ला असार ३१,डा. गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउदै जुम्ला आइपुगेका नेवि संघका महामन्त्री कुन्दन काफ्ले, उपाध्यक्ष रामप्रसाद अधिकारी लगायतको नेतृत्वमा प्रदर्शन भएको छ । कृष्ण मन्दिर परिसरबाट सुरु भएको र्याली प्रहरीको निषेधित घेरा तोड्दै जिल्ला प्रशासन कार्यलय अघि पुगेको थियो । र्यालीले डा. केसीको माग पूरा गर, वार्ता टोली गठन गर, कर्णालीमा मेडिकल कलेज संचालन गर लगायतका नारासहित नगर परिक्रमा गरेकाको थियो ।
र्याली पछि आयोजित कोण सभालाइ सम्बोधन गर्दै नेपाल विद्यार्थी संघ जुम्लाका केन्द्रीय सदस्य घनश्याम थापाले डा. केसीको माग तत्काल सम्बोधन नभए आन्दोलन चर्काउने चेतावनी दिएका छन् । उनले भने ‘नेपाल विद्यर्थी संघ जुम्लाले अब घरघरमा पुगेर डा. गोविन्द केसी को मागलाइ प्रष्ट्याउदै थप शसक्त आन्दोलन गर्नेछ ।
नेविसंघ केन्द्रिय उपाध्यक्ष रामप्रसाद अधिकारीले पहिलोपटक नेविसंघले माइतीघर मन्डलामा निषेधित क्षेत्र तोडेको स्मरण गर्दै केपी शर्मा ओली सरकारले विनाकारण लादेको यस किसिमको तानाशाही नियम जुम्लामा पनि आएर तोडेकोमा खुसी व्यक्त गरे । कार्यक्रममा महामन्त्री कुन्दन काफ्लेले जनतालार्इ ठुला ठुला सपना देखाएर बनेको ओली सरकारले तिनै जनताको उपेक्षा हुने गरि सामन्तीलाइ पोस्ने नियम कानुन बनाउन लागेको बताए ।