images
images

रवि लामिछानेको समर्थनमा गित ‘जताततै चर्चा छ’ (भिडियोसहित)

पछिललो समय नेपाली नागरिकता त्यागेर अमेरिकि पिआर लिएको प्रकरणमा विवादमा तानिएका पत्रकार रवि लामिछानेको समर्थनमा म्युजिक भिडियो सार्वजनिक भएको छ ।

लामिछानेका कामको प्रशंसा गर्दै ‘जताततै चर्चा छ रवि लामिछाने” बोलको गीत सार्वजनिक भएको हो। ‘सिधा कुरा जनतासँग’को प्रस्तोता लामिछानेलाई काम गर्न हौसला दिँदै बुलबुल मिडियाद्वारा सञ्चारकर्मी कृष्ण बाबु पाण्डेले यो गीत बजारमा ल्याएका हुन ।

भिडियो हेर्नुहोस्:

नेपालमा भ्रष्टाचार अनियमित र अन्यायमा परेका जनतालाई रविको पत्रकारिताले ठुलो काम गरेको भन्दै गीतको माध्यमबाट रविलाई करोड जनताको साथ रहेको समेत बताएका छन् ।

गायक वसन्त लम्साल र गायिका सकुन्तला ढकालको स्वरमा रहेको उक्त गीतमा सञ्चारकर्मी कृष्ण बाबुको शब्द रहेको छ । विष्णु भट्टराईले निर्देशन र सम्पादनमा रहेको यो गीतमा सञ्चारकर्मी कृष्ण बाबु, ऋतु तामाङ, कुनचन्द्र पुरी, ओम हरि आचार्य र भुवन खड्काको अभिनय रहेको छ ।