काठमाण्डौ असार १४,नेपाल वायुसेवा निगमको नयाँ वाइडबडी विमान नेपाल भित्रिएको छ। ‘ए ३३०–२००’ सिरिजको विमान बिहीबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो। नयाँ विमानलाई ‘अन्नपूर्ण’ नाम दिइएको छ। नयाँ विमानलाई स्वागत गर्न मन्त्रालय र निगमका अधिकारीहरू पञ्चेबाजासहित विमानस्थल पुगेका थिए ।
नयाँ विमानमा विजनेश क्लासका १८ र इकोनोमी क्लासका २५६ सिट छन्। यो विमानलाई दुवई, हङकङ, दोहा, क्वालालाम्पुर लगायतका स्थानमा उडाउने तयारी गरिएको नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले जनाए। निगमको अन्तर्राष्ट्रिय उडान हाल दुईवटा विमानले मात्रै भर्दै आइरहेका छन् ।
२०६५ सालमा नै ६ वटा वाइडबडी जहाज किन्न प्रस्ताव आह्वान गरेकोमा २०७१ मा दुईवटा ए ३२० विमान आएका थिए भने १० वर्षपछि ए ३३० जहाज आइपुगेको हो । निगमले योवाइडबडीको पहिलो व्यावसायिक उडान संयुक्त अरब इमिरेट्सको दुबईमा गर्ने घोषणा यसअघि नै गरिसकेको छ। एक महिनापछि यो जहाजले दुबईमा पहिलो व्यवसायिक उडान थाल्नेछ।
यो वाइड बडी नेपालको आफ्नै सबैभन्दा ठूलो जहाज हो। २८० सिट क्षमताको यो वाइडबडी जहाजमा सिट फिटिङ गर्दा भने १८ वटा बिजनेस क्लास र २५६ इकोनोमी क्लास सिट राखिएको निगमले जनाएको छ। पहिलोवाइड बडी ल्याएको एक महिनापछि अर्को वाइड बडी पनि काठमाडौँ आइपुग्ने नेपाल वायु सेवा निगमले जानकारी दिएको छ । विमानस्थलमा विमान अवतरण गर्दा मंगलधुन र पानीको फोहोराले स्वागत गरिएको थियो।