images
images

पहिरोले एकै घरका तीन जनाको ज्यान लियो

बागलुङ असार १२, भिषण वर्षापछि गएराति गएको पहिरोले घर बगाउँदा एकै घरका तीनजनाको मृत्यु भएको छ । बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उहाँकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलका अनुसार राति साढे एक बजेको समयमा ठुलो आवाज आएको थियो कता हो भन्ने थाहा नभएकाले विहान ५ बजे मात्र स्थानीय घटनास्थल पुगेको प्रजिअ खरेलले जानकारी दिए ।

प्रहरीले मृतकहरुको शव झिकी पोष्टमार्टमको लागी लैजाने तयारीमा रहेको स्थानीयले बताएका छन् । प्रजिअ खरेल केहि समय अघी घटनास्थल तर्फ प्रस्थान गरेको श्रोतले बतायो ।