images
images

कपिलवस्तु सामुदायिक अस्पताल ४ न. मा नया नेतृत्व चयन

कपिलवस्तु सामुदायिक अस्पताल विकास समितिको पहिलो साधारण सभा तथा पहिलो अधिवेशनबाट निर्विरोध रुपमा अध्यक्षमा आत्मीय एवम् मृदुभाषी रामजी सेन, वरिष्ठ उपाध्यक्षमा राम प्रसाद गैरे (हरि), उपाध्यक्ष द्वयमा दुर्गा बहादुर के.सी. (कुँवर क्षेत्री), शंकर प्रसाद पौडेल, महासचिव पोम नारायण पौडेल, सचिव चेतना अधिकारी बेल्बासे, कोषाध्यक्ष रवि बहादुर काफ्ले, महिला सदस्य तर्फ ममता टण्डन, कार्यकारिणी सदस्यहरुमा विनिराम पौडेल, हरि खनाल, चेतनारायण ढकाल, मनोज नेपाली, लाल बहादुर नेपाली, चुरामणि पोख्रेल, जन्जीर प्रसाद चौधरी, शान्ति पौडेल, विष्णु प्रसाद न्यौपाने, ज्ञान बहादुर कार्की, छविलाल नेपाली, सोम कुमारी बंजाडे क्षेत्री (सुमन) देवमाया घिमिरे, भुवनेश्वर न्यौपाने (भुवन) निर्विरोध निर्वाचित भएका छन । आज एक कार्यक्रमका बिच निर्वाचन मण्डलले नेतृत्व चयन भएको जानकारी गराउदै निर्वाचित कार्यसमितिलाई बधाई एवम शुभकामना ब्यक्त गर्यो । कार्यक्रम कपिलवस्तु सामुदायिक अस्पताल ४न मा सम्पन्न भएको हो। कार्यक्रममा अस्पताल बिकास समितिका निवर्तमान कार्यबाहक अध्यक्ष शंकर पाण्डे,बजार बिकाश समितिका अध्यक्ष बिष्णु थापा,निवर्तमान महासचिव कमल आचार्य,सिद्दार्थ सामाजिक बिकास केन्द्रका तेजप्रसाद आचार्य लगायतले शुभकामना ब्यक्त गर्दै अब सामुदायिक अस्पताल अझ सेवामुखी र थप सेवा सुबिधाको वृद्धि गर्दै जानुपर्नेमा जोड दिनु भयो भने निर्वाचन मण्डलका ओम प्रकाश अर्याल,रवि आचार्य लगायत ले निर्वाचन मा निर्वाचित भएका ब्यक्तिहरुको घोषण गर्नुभएको थियो ।उक्त कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सेन ले अस्पताल बिकासका लागि दिलो ज्यान दिएर लाग्ने र आगामी दिनमा सबैलाई मिलाएर जनचाहाना अनुरुप कार्य गर्नुका साथै अस्पतालको स्तरउन्नोति र समयसापेक्ष बनाउदै लैजाने बताउनु भयो । नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको सपथ तथा निर्वाचित भएको प्रमाणपत्र र पदभार ग्रहण येहि मंगलबारका दिन कुलापानी समितिको हलमा गरिने निर्वाचन मण्डलले जानकारी दिनुभयो । निर्वाचित सम्पूर्णमा हाम्रो तर्फबाट पनि हार्दिक बधाई एवम् नमुना कार्यकालको लागि शुभेच्छा व्यक्त गर्दछौ ।