नायिका केकी अधिकारी र नाजिर हुसेन स्टारर फिल्म ‘राज्जा रानी’ युट्य्वमा सार्वजनिक भएको छ । मधेशमा जन्मिएका छोरीलाई सामाजिकरुपमा हेर्ने दृष्टीकोण र दाईजो प्रथालाई उठान गरेको यो फिल्म खासै नचले पनि फिल्मबाट केकी र नाजिरलाई वाहवाही लुटेका थिए ।
यम थापाले डेब्यु निर्देशन रहेको यस फिल्ममा केही रियल हिंसाको दृश्य केकीले गर्नु परेको थियो भने दर्शकले केही डार्क बोल्ड क्यारेक्टरमा देखिँदै आएका नाजिर केही भिन्न अवतारमा देखिएका थिए ।
रमेश एम के पौडेलको निर्माणमा बनेको यस फिल्मले पश्चिम तराईको एक जनजाति समुदायको प्रेमकथा देखाईएको छ । यो फिल्म गत बर्षको पुस २१ मा रिलिज भएको थियो । फिल्मलाई तराईबासी दर्शकहरुले रुचाएका थिए ।