images
images

जितगढीकिल्ला संरक्षणका लागी गुरुयोजना

बुटवल जेठ २२, बुटवलको जितगढी किल्लालाई राष्ट्रिय स्वाभिमान र वीरताको सम्पदाको रुपमा संरक्षण गर्ने गरी गुरुयोजना बनाउनका लागी प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले निर्देशन दिएका छन् । वन, पर्यटन उद्योग, र वातावरण मन्त्रालयले विश्व वातावरण दिवसको अवसरमा गरेको योजना तर्जुमा तथा सुझाव संकलन गर्ने कार्यक्रममा मुख्यमन्त्री पोखरेलले निर्देशन दिएका हुन ।

जितगढी सम्पदा ५ प्रदेशको मात्र नभई मुलुककै शानका रुपमा रहेकाले यसको संरक्षणमा सबैको ध्यान जानु पर्ने बताए । त्यस क्षेत्रमा निर्माण भएका र किल्लाको संरचनामा परेका अन्य सबै संरचनाहरुलाई मुआब्जा दिएर हटाउन पोखरेलले निर्देशन दिएका छन् ।  जितगढी सम्पदालाई बचाउनका लागि भन्दै बुटवल उप-महानगरपालिकाले पहिलो पटक यस सम्पदामा विजय उत्सव दिवस समेत मनाएको थियो ।

बुटवल उपमहानगरले जितगढी सम्पदामा भित्री संरचना निर्माणलगायतका कामका लागि ५० लाख विनियोजन गरेको छ । बजेट विनियोजनसँगै उपमहानगरले जितगढी सम्पदाको संरक्षण र संवद्र्धनको प्रभावकारी काम सुरु गरेको छ ।

बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जितगढी सम्पदाको संरक्षणका लागि गुरुयोजना बनाएर अगाडि बढ्ने काम भइरहेको बताए । नेपाललाई अधिनमा पार्न भन्दै आएको तत्कालीन अंग्रेज सेनालाई नेपाली फौजले वि.सं.१८७१ मा जितगढी किल्लामा पराजित गरेको थियो ।