images
images

साउदीमा महिलालाई गाडी चलाउन लगाइएको प्रतिबन्ध फुकुवा

साउदी अरबका राजा सलमानले सन् २०१७ सेप्टेम्बरमा घोसणा गरे बमोजिम सोमबार १० जना साउदी महिलाले सबारी चालक अनुमति पत्र प्राप्त गरेका छन्| उनीहरु सबैले बिदेशी सबारी चालक अनुमति पत्रको आधारमा साउदीमा गाडी चलाउने लाइसेन्स पाएका हुन्|

आउँदो जुन २४ देखि साउदी अरबका महिलाहरुलाइ गाडी चलाउन लगाइएको प्रतिबन्ध फुकुवा हुँदै छ| यो ऐतिहासिक निर्णयले पचासौं बर्षदेखी महिलालाई कानुनी रूपमा गाडी चलाउन लाग्दै आएको प्रतिबन्धलाइ समाप्त गरेको छ|

यो निर्णयको असर स्वरूप आउँदो हप्तासम्म २००० भन्दा धेरै महिलाहरुले लाइसेन्स पाउने अपेक्षा गरिएको छ| त्यस्तै यो निर्णयले साउदीका राजकुमार मोहम्मद बिन सलमानको भिजन २०३० लाइ समेत सघाउ पुर्याउने बताइएको छ|