images
images

सरकारी जग्गा ओगटेर बनाइएका संरचना भत्काइयो

जताततै भू-माफियाले स्थानीय निकायकै मिलेमतोमा सरकारी जमिनको दुरुपयोग गरिरहेको समाचार आइरहेको बेला हेटौडामा भने प्रसंसनिय काम भएको | मकवानपुर जिल्लाका बिभिन्न राजनैतिक दल, हेटौडा उपमहानगरपालिका तथा प्रहरी समेतको सक्रियतामा सरकारी जग्गामा बनाइएको घर टहरा बलपुर्बक हटाइएको छ|

हेटौडा उपमहानगरपालिकाको अधिनमा रहेको वडा नम्बर ११ स्थित जग्गामा बनाइएका करिब ७५ वटा टहरा केहिले आफै र अन्यलाई प्रहरीले बल प्रयोग गरि हटाएको हो | एक साताको समय दिंदा पनि अटेर गरेर बस्नेहरुलाई बल प्रयोग गरि सरकारी जग्गा खाली गरिएको एक जनप्रतिनिधिले बताएका छन्|

उपमहानगरपालिकाको उक्त कार्यको अहिले सर्बत्र प्रसंसा भइरहेको एक सर्बसाधारणले बताएका छन्| “भू-माफियाको चलखेल यति बढिसकेको थियो कि अतिक्रमित सरकारी जग्गा व्यक्तिगत जसरी किनबेच समेत हुन थालिसकेको थियो| सम्बन्धित सरकारी निकायको यस्तो कार्यले सु-शासन कायम गराउन मद्दत गर्छ| अब अन्य नगरपालिकाका प्रमुखले पनि यसबाट पाठ सिक्नु पर्छ” – उनले भने|