images
images

नेकपाको पहिलो बैंठक बस्दै

काठमाण्डौ जेठ १०,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पहिलो बैठक बिहीबार बस्ने भएको छ ।नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भएर नेकपा बनेपछि यो पहिलो बस्न लागेको हो । जेठ ३ गते घोषणा भएको नेकपाको कार्य समिति ४४१ सदस्यीय रहेको छ । त्यसमा ४५ सदस्यीय स्थायी समिति र नौ सदस्यीय सचिवालय रहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ वजे बस्ने बैठक भएको हुँदा विधि र प्रक्रियामा छलफल हुने केन्द्रीय सदस्य युवराज ज्ञवालीले जानकारी दिनुभयो । पार्टी एकीकृत भएपछि पहिलो बैठक भएका हुनाले पार्टी सञ्चालन विधि, एकीकरणको उद्देश्य लगायतको विषयमा अध्यक्षद्वयले ब्रिफिङ गर्ने उहाँले बताउनुभयो । पहिलो बैठक भएका हुनाले परिचय भेटघाट र पार्टीका अध्यक्षबाट केही निर्देशन आउने अर्का केन्द्रीय सदस्य रामेश्वर राय यादवले बताउनुभयो ।

नेकपा संसदीय दलको बैठक जेठ ८ गते बसेको थियो । बैठकमा पार्टीका अध्यक्षद्वयले नीति तथा कार्यक्रमलाई कार्यान्वयन गराउनुको जनतासँग गरिएको प्रतिवद्धता अनुसार कार्य गर्न निर्देशन दिनुभएको थियो ।

स्रोत : गोरखापत्र