images
images

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा,सम्बोधन नसकिदै काठमाण्डौमा जाम

काठमाण्डौ बैशाख २८, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसपटकको नेपाल भ्रमण प्रधानमन्त्रीको रुपमा नभइ प्रधान–तीर्थ यात्रीको रुपमा भएको बताएका छन्। भारतीय प्रधानमन्त्रीकाे रुपमा माेदी तेस्रो पटक नेपाल आएका हुन् ।

आज शुक्रवार जनकपुरको बाह्र विगाह मैदानमा भइरहेको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको सम्बन्ध त्रेता युगदेखि नै प्रगाढ रुपमा चल्दै आएको बताए ।

सुरुमा मैथिली अनि नेपाली र हिन्दीमा भाषण गरेका मोदीले जानकी माताको विभिन्न कोणबाट प्रशंसा गर्दै दुई देशको सम्बन्ध जनस्तरमा पुग्दै झनै प्रगाढ भएको बताए । उनले माता जानकी विना अयोध्या अधुरो रहेको बताए ।

लयात्मक रुपमा भाषण गरेका मोदीले निकै ताली पाए । उनले नेपाल विना भारतको आस्था, विश्वास, धाम अधुरो रहेको बताए । उनले भने, ‘नेपाल विना हाम्रा राम पनि अधुरो छन्।’

भारतीय प्रधानमन्त्री मोदीले यसपटक नेपालका तीन प्रमुख तीर्थस्थलको भ्रमण गर्ने जानकारी दिए। जानकी मन्दिरपछि माेदीले  मुक्तिनाथ र पशुपतिनाथको दर्शन गर्दैछन् ।

भारतीय प्रधानमन्त्रीले अभिन्दनको सम्बोधन सक्न नपाउदै राजधानी काठमाण्डौका बिभिन्न ठाउमा जाम लाग्न सुरु भएको छ । मोदीको कार्यक्रमलाई लक्षित गरि कार्यक्रम हुने स्थानमा पर्ने सम्पुर्ण सडकमा बाक्लो सुरक्षाकर्मी तैनाथ गरिएको छ ।