images
images

बाणगंगा नगरपालिकामा बृद्ध भत्ता लिन सास्ती

अशोक पौडेल
जितपुर(कपिलवस्तु) २४ बैशाख ।
जेष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा सरकारी भत्ता लिन उनीहरुलाई सास्ती खेप्नु परेको छ । कपिलवस्तुको बाणगंगा नगरपालिकामा यती बेला बृद्ध भत्ता पाउन जेष्ठ नागरिकलाई सास्ती खेप्नु परेको हो । बैकंबाट बृद्ध भत्ता बितरण गर्ने सरकारी निति अनुरुप बैकंहरुबाट भत्ता बितरण गर्दा एकै समयमा भत्ता लिन धेरै आउने हुदा असहज भएकोले उनीहरुले सास्ती खेप्नु परेको हो । नगरभित्रका मेगा बैंक, एनआइसि एसिया र जनता बैकंमा बढि भिड रहेको छ । गर्मीको समयमा जेष्ठ नागरिकलाई बैकमा बस्नु पर्दा अफठ्याारो भएकोले भावी दिनमा यसको दिर्घकालिन समाधान खोज्नु पर्ने बाणगंगा नगरपालिकाका बरिष्ठ समाजसेवि दोलकराम घिमिरेले बताए । यस्तो गर्मीमा बैंकमा लाइन बस्न जेष्ठ नागरिकलाई निकै गाह्रो हुने घिमिरेको भनाई छ । बैकंको खातामा पैसा आउनु त रामा्रे भएको बताउदै पैसा निकाल्ननै दुख हुदा चित्त नबुझको बाणगंगा १ का ७४ बर्षिय खेमकला खरेलले बताइन ।


बाणगंगा नगरपालिकाका बिभिन्न चार वटा बैंकबाट बृद्ध भत्ताको रकम बाढिएको जानकारी गराउदै बाणगंगा नगरपालिकाका प्रवतmा बिष्णु पौडेलेले यो अभ्यास पहिलो पटक भएको र आगामी दिनमा टोल या समुह छुट्टाई बृद्ध भत्ता लिन जान भनि सुचना गरिने बताए । बृद्ध भत्ता बाढेको खबर पाउनासाथ हरेक गाउबाट एकैपटक सबै आएको हुदा भिड भएकाले समस्या भएको स्वीकार गर्दै अर्को पटक यस्तो नहुनेमा बिश्वस्त रहन उनले सबैमा आग्रह समेत गरेका छन ।