काठमाण्डौ बैशाख २०, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य फेरि बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेसँगै निगमले मूल्य समायोजन गरेको हो। निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार नयाँ मुल्य बुधबार राति १२ बजेदेखि लागु हुनेछ।
निगमले प्रतिलिटर पेट्रोलमा दुई रुपैयाँ, डिजेल र मट्टितेलमा समान ३-३ रुपैयाँ बढाएको हो। नयाँ मूल्य अनुसार प्रतिलिटर पेट्रोलको मूल्य एक सय ८ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९०-९० रुपैयाँ पुगेको छ।