images
images

बायर्नलाई हराउदै रियल म्याड्रिड फाइनलमा प्रवेश

(म्याड्रिड एजेन्सी) काठमाण्डौ ।  रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार जर्मनी क्लव बायर्न म्युनिखलाई २-२ को बराबरीमा रोक्दै समग्रमा ४-३ को जितसहित रियलले फाईनलको यात्रा पक्का गर्न सफल भयो ।

खेलको तेस्रो मिनेटमा बायर्नका जोसुआ किमिचले पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर करीम बेन्जेमाले ११ औं मिनेटमा बराबरी गोल फर्काए । लगत्तै दोस्रो हाफको सुरुमा उनैले रियललाई अग्रता दिलाए । बायर्नको लागि रियलका पूर्व खेलाडी हामेस रोड्रिग्वेजले गोल गर्दै खेल २-२ को स्थितिमा ल्याए ।

पहिलो लेगमा २-१ को हार बेहोरेको बायर्न सेमिफाइनलबाट बाहिरिएको छ । रियलले लगातार तेस्रो पटक उपाधिका लागि रोमा र लिभरपुलको विजेतासँग खेल्नेछ ।