काठमाडौं बैशाख १७, प्रहरी प्रधान कर्यालयले ५ प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका एसपी दानबहादुर कार्कीलाई प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ। त्यस्तै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता जीवनकुमार श्रेष्ठलाई सिरहा, डम्बर विकलाई धादिङ, राजन अधिकारीलाई सुनसरी र लोकेन्द्र श्रेष्ठलाई मकवानपुरमा सरुवा गरिएको छ।
मकवानपुरका एसपी विकास खनाल ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परिसकेपछि खाली रहेको स्थानमा लोकन्द्र श्रेष्ठलाई पठाइएको हो।
बलात्कारी आरोपितलाई उम्काएको भनि पिडितले उनि बिरुद्ध उजुरी हाले पछि छानबिन टोलीको सिफारिसमा निलम्बनमा परेका सुनसरीका एसपी विद्यानन्द माझीको स्थानमा राजन अधिकारीलाई सरुवा गरिएको हो।