प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं ५ को प्रदेशसभालाई सम्बोधन गरेका छन्। प्रधानमन्त्री ओलीले प्रदेशसभामा पुगेर पहिलोपटक सम्बोधन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सरकारले कुनै पनि अनुचित काममा सम्झौता नगर्ने भन्दै केही समूहको फाइदाका लागि हुने सिण्डिकेट, कार्टेलिङ, घुसखोरी र धम्काउदै बन्द हडताल गर्ने गतिविधिलाई निस्तेज पार्न तीनवटै सरकार लाग्नुपर्ने बताए।
प्रधानमन्त्री ओलीले लोकतन्त्रको स्थापनाका लागि गरिएका आन्दोलनले केही समय देश पछाडि परेको भन्दै देशलाई समृद्ध बनाउन कुनै कुरामा नअल्झिन आग्रह गरे। उनले अब राजनीतिक संक्रमण सकिएकाले सरकार आर्थिक विकासमा केन्द्रित हुने बताए। सरकार शासन गर्नका लागि नभई जनताको सेवा गर्नका लागि गठन भएको ओलीले बताएका छन् ।
प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२ औँ बुद्धज यन्तीका अवसरमा लुम्बिनीमा आज हुने विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।